ह्वीलचियर गुडाउन नमिल्ने फुटपाथ चाहिँदैन ! [तस्बिरहरु]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — काठमाडौं उपत्यका भित्र तथा देशभरकै सडक र पेटीहरु अपांग मैत्री बनाउनका लागि संघर्ष गर्दै आइरहेको अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले बिहीबार बिहान जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै भत्काइदिएको छ ।

ह्वीलचियरमा आएका संघर्ष समितिका सदस्यहरुले बन्दै गरेको सडक र फुटपाथमा कुनैपनि हालतमा ह्वीलचियर गुडाउन मिल्ने नभएका कारण पीक र हतौडाले हिर्काएर फुटपाथ बनाउनका लागि लगाइएको ब्लक भत्काइदिएको हो । उनीहरुले ब्लक भत्काइरहँदा त्यहाँ सुरक्षा निकाय तथा प्रशासनका तर्फबाट कुनै हस्तक्षेप भने भएन ।

उनीहरुले सडक विभागलाई पटकपटक अपांग मैत्री सडक बनाउनका लागि आग्रह गरेको पत्र देखाउँदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित : चैत्र १४, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्