परीक्षा रद्दको विरुद्धमा प्रदर्शन
बारा — प्रश्नपत्र बाहिरिएपछि परीक्षा र रद्द र स्थगित विरोधमा बारा कलैयामा शुक्रबार बिहानैदेखि परीक्षार्थीहरु आन्दोलनमा उत्रेका छन् । नेपाली कांग्रेस निकटका नेविसंघ, संघीय समाजवादी फोरमका विद्यार्थी संगठनलगायतको सहयोगमा परीक्षार्थीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शनलाई शान्त बनाउन सशस्त्र र नेपाल प्रहरीलाई हम्मेहम्मे परेको छ ।