श्रीलंका टापु जान डुंगाकै भर [फोटोफिचर]

गोविन्द पोखरेल

सुनसरी,कोशी टप्पु — कोसी नदीको बीचमा अवस्थित छ सुनसरीको श्रीलंका टापु । यहाँ ५ हजारभन्दा बढी मानिसको बसोबास छ । जहाँ आदिवासी समुदायको बाहुल्यता छ । प्रकाशपुरबाट डुंगा चढेर श्रीलंका टापु पुग्न सकिन्छ । टापु पुग्न कोसीका दुई धारमा बगेको वहाव तर्नुपर्छ ।

यात्रुहरु लाइफ ज्याकेटबिना नै डुंगा चढ्नुपर्ने बाध्यता छ । कोसीमा कतिबेला पानीको बहाव बढ्ने/घट्ने थाहै हुँदैन । जोखिम सधै‌ं छ नै । वर्षात्‌को समयमा झनै जोखिम हुन्छ ।


प्रकाशित : चैत्र २६, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्