सरकारी विद्यालय: भर्ना लिइने ४ सय ३, प्रवेश परीक्षा दिने २ हजार ६६

शब्द/तस्बिर: जितेन्द्र साह

काठमाडौँ — विराटनगर– कक्षा १ देखि ९ सम्म भर्ना लिइने विद्यार्थी ४ सय ३ । प्रवेश परीक्षामा सहभागिको संख्या २ हजार ६६ । यो दृश्य कुनै निजी विद्यालयको नभएर, ५८ वर्ष पुरानो विराटनगर महानगरपालिका–३ स्थित सामुदायिक विद्यालय पोखरिया माविको हो ।

प्रकाशित : चैत्र २८, २०७५ १३:३२

उक्त विद्यालयमा नयाँ शैक्षिक सत्र २०७६ का लागि फारम भरेका २ हजार ६६ मध्ये बुधबार बिहान प्रवेश परीक्षामा १ हजार ४ सय ११ विद्यार्थी सहभागी भए । कक्षाकोठामा अटाउन नसकेर बाँकी ६ सय ५५ विद्यार्थीको बिहीबार जाँच लिइएको उक्त विद्यालयका प्राचार्य खेमराज भट्टराईले जनाए ।

उत्कृष्ट विषय शिक्षकको चयन गरी अँग्रेजी माध्यममा समेत पठन–पाठन सुरु गरेपछि उक्त विद्यालयले २०७० देखि एसएलसी/एसईई परीक्षामा पूर्वाञ्चलमै उत्कृष्ट परिणाम ल्याउन थालेको हो । २०७४ को एसईई परीक्षामा प्रदेश १ कै उत्कृष्ट विद्यालय ठहरिएपछि यो विद्यालयमा अभिभावक एवं बालबालिका ओइरिएका हुन् ।

Citizen

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

स्टीकर नलगाएको गुट्खा बरामद 

मधु शाही

बाँके — लम्कीस्थित देउती गुट्खा इन्डस्टि्रजको उत्पादन स्टीकर नटाँसाएको 'मेघा श्री' गुट्खा राजस्व अनुसन्धान कार्यालयले बरामद गरेको छ । मंगलबार बिहान ९ बजे इन्डस्टि्रजबाट गाडिमा कोहलपुर ल्याउँदै गर्दा इलाका प्रहरी बासगढीले बरामद गरेको हो । 

राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत सुरेन्द्र पाण्डेका अनुसार भे१च ३०६२ नम्बरको गाडिबाट अनाधिकृत गुट्खा नियन्त्रणमा आएको बताए । उनले १ सय ४० बोरा मध्ये १ सयमा स्टीकर नरहेको खुलाए । 'गाडी र सामानसहित बरामद गरिएको छ । राजस्व कानुनी प्रक्रिया अनुसार प्रारम्भिक चरणको अनुसन्धान पुरा भई विस्तृत अनुसन्धान चलिरहेको छ,' पाण्डेयले भने ।

इन्डस्टि्रजका प्रोपाइटरले गुट्खा आफ्नो भएको स्वीकारेको र उनलाई १ करोड २ लाख १३ हजार ६ सय २९ रुपैया धरौटी र सामानको बिगो राखि तारिखमा छोडिएको बताए ।

गाडि र सामान कार्यालयले नियन्त्रणमा लिएको छ । अनुसन्धानपछि गम्भीर अवस्था पाइएमा दोषीले बिगो जफत गरि बिगो दोब्बरसम्म हुने र तीन वर्षको कैद समेत हुने कानुनी व्यवस्था रहेको उनले बताए ।

यो आर्थिक वर्ष राजस्व अनुसन्धान कार्यालयमा ३५ वटा मुद्दा परेका छन् । जसमा २१ वटा मुद्दा फैसला भएको र १४ वटा विस्तृत अनुसन्धानकै प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र २८, २०७५ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT