१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सरकारी विद्यालय: भर्ना लिइने ४ सय ३, प्रवेश परीक्षा दिने २ हजार ६६

शब्द/तस्बिर: जितेन्द्र साह

काठमाडौँ — विराटनगर– कक्षा १ देखि ९ सम्म भर्ना लिइने विद्यार्थी ४ सय ३ । प्रवेश परीक्षामा सहभागिको संख्या २ हजार ६६ । यो दृश्य कुनै निजी विद्यालयको नभएर, ५८ वर्ष पुरानो विराटनगर महानगरपालिका–३ स्थित सामुदायिक विद्यालय पोखरिया माविको हो ।

उक्त विद्यालयमा नयाँ शैक्षिक सत्र २०७६ का लागि फारम भरेका २ हजार ६६ मध्ये बुधबार बिहान प्रवेश परीक्षामा १ हजार ४ सय ११ विद्यार्थी सहभागी भए । कक्षाकोठामा अटाउन नसकेर बाँकी ६ सय ५५ विद्यार्थीको बिहीबार जाँच लिइएको उक्त विद्यालयका प्राचार्य खेमराज भट्टराईले जनाए ।

उत्कृष्ट विषय शिक्षकको चयन गरी अँग्रेजी माध्यममा समेत पठन–पाठन सुरु गरेपछि उक्त विद्यालयले २०७० देखि एसएलसी/एसईई परीक्षामा पूर्वाञ्चलमै उत्कृष्ट परिणाम ल्याउन थालेको हो । २०७४ को एसईई परीक्षामा प्रदेश १ कै उत्कृष्ट विद्यालय ठहरिएपछि यो विद्यालयमा अभिभावक एवं बालबालिका ओइरिएका हुन् ।

प्रकाशित : चैत्र २८, २०७५ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्