कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियामा नेपालको झझल्को [फोटोफिचर]

नारायण खड्का

अस्ट्रेलिया — नेपाली झन्डा, नेपाली पोसाक लगाएका सयौँ व्यक्तिहरूसँगै नेपाली परम्परागत पञ्चेबाजा र ढोलक सहित एका बिहानै दक्षिण अस्ट्रेलियाको अति व्यस्त सहर रण्डलमा देखिदा उक्त क्षेत्र आइतबार बिहानै नेपालमय बन्यो । सानो नेपाल झैँ देखिएको उक्त क्षेत्रमा रहेका उत्सुक विदेशीहरूले समेत चासो दिएर मिनी नेपाललाई अवलोकन गरे ।

एनआरएन अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल महोत्सवको यसपटकको क्षण धेरै विदेशीहरूलाई नेपालको बारेमा जानकारी दिन सफल रह्यो । परम्परागत पोसाकमा सजिएका र हातमा नेपाल र अस्ट्रेलियाको झन्डा लिएर हिँडेका नेपालीहरू देख्दा विदेशीहरूले समेत ताली बजाएर स्वागत गरेका थिए । त्यसमा पनि नेपालबाट भर्खरै ल्याइएको पञ्चेबाजा विदेशीहरूको लागि रोचक विषय बनेको थियो । ुमहोत्सवलाई स्वागत गर्न बसेका उनीहरू आफ्नै भाषामा पञ्चेबाजाको बारेमा थप जानकारी लिने प्रयास आयोजकसँग गरिरहेका थिए ।

आइतबार दिनभरि चलेको नेपाल महोत्सवमा करिब ८ हजारले अवलोकन गरेको आयोजक संस्था एनआरएनका उपाध्यक्ष अशोक केसीले बताए । उनले आफूहरूले नेपालको पर्यटन र कलाको प्रवर्द्धन गर्ने उद्देश्य राखेर गरेको कार्यक्रम सफल भएको समेत सुनाए ।

कार्यक्रममा बालबालिका मन्त्री र्याचल स्याण्डरसनका साथै अन्य सांसद तथा नेताहरूका साथै एनआरएन ओसिनिया संयोजक धर्मराज अधिकारी, अस्ट्रेलिया अध्यक्ष टोनु घोताने लगायतकाको सहभागिता थियो । यसै गरी कार्यक्रममा नेपालबाट आएका कलाकारहरू जीवन शर्मा, बद्री पंगेनी, कर्ण दास, कालीप्रसाद बास्कोटा, मर्कस दासको प्रस्तुतिले समेत दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित : वैशाख १, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्