कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कमलको जरा निकाल्न तँछाडमछाड [फोटोफिचर]

हरि गौतम

रुकुम पूर्व — झण्डै महिना दिनयता सिस्ने गाउँपालिका-५, स्थित कमल दहमा मान्छेको भीड छ । कोही दहको छेउमै आगो बालेर बसेका छन्, कोही दहभित्र डुबुल्की मार्दै छन् । आगो तापेकाहरु दहमा डुब्न जान्छन् भने दहमा डुबेकाहरु आगो ताप्ने फेरि बाहिर निस्कन्छन् । बिहान १० बजेदेखि बेलुकीसम्म कमल दहमा यो क्रम चलिरहन्छ ।

यसरी दिनभर दहमा डुबुल्की मार्नुको एउटै उद्देश्य हो कमलको जरा निकाल्नु । कमलको जरा अचार स्वादिलो हुन्छ । त्यही जरा निकाल्नेहरुको भीड हिजोआज कमल दहमा छ । यसरी कमलको जरा निकाल्न निःशुल्क भने पाइँदैन । पुरुषले ५ सय र महिलाले ४ सय रुपैयाँ तिरेपछि कमलको जरा निकाल्ने पाइन्छ ।

दिनभर आफूले जति सक्यो निकाल्न पाइन्छ । धेरै निकाल्नेहरु कमाउँछन् पनि । नसक्नेहरुले रहर मेटेर फर्कन्छ । कमलको जराको परिकार सेवनले जण्डिस निको हुने विश्वास छ । हरेक वर्षको यो समय कमलको जरा निकाल्ने सिजन हो । त्यस अघिका वर्षहरुमा मनोमानी तरिकाले कमलको जरा निकालिने गरेको भए पनि अघिल्लो वर्षदेखि जरा निकाल्न व्यवस्थित गरिएको छ । सिस्ने गाउँपालिकाले ठेक्कामार्फत जरा निकाल्न थालेको छ । कमलको जरा निकाल्न तथा जरा किन्न जिल्ला बाहिरबाट समेत मान्छेहरु आउने गरेका छन् । केही तस्बिरमा हेर्नुस्, कमलका जरा निकाल्नेहरु ।

प्रकाशित : वैशाख ३, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्