१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

वाह ! वसन्त ऋतु

तस्बिरः कञ्चन अधिकारी, गोविन्द पोखरेल

काठमाडौँ — जताततै विरुवाहरुको पालुवाले बनाएको हरियाली मौसम वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । शिशिर र ग्रिष्म ऋतुको बीचमा आउने वसन्त ऋतुको आगमनसँगै जतातै हरियाली देखिन्छ । चराचुरुंगीहरुको समधुर आवाजले प्रकृतिलाई थप रोमाञ्चित बनाइदिन्छ ।

वसन्त ऋतुलाई प्रकृतिलाई बहार ल्याइदिन्छ । न त धेरै गर्मी न त धेरै जाडो हुने वसन्त ऋतुलाई प्रकृतिले काँचुली फेरेको ऋतुको रुपमा लिइन्छ । उजाड प्रकृतिलाई यो ऋतुले पक्राइदिन्छ । त्यही भएर त जीवनमा सधै वसन्त छाओस् भनिन्छ ।

नेपालमा चैत र वैशाखमा वसन्त ऋतु पर्छ । यी महिनालाई घुमफिरको महिनाको रुपमा पनि लिइन्छ ।

प्रकाशित : वैशाख ३, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्