कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बालाजुको २२ धारामा मेला (तस्बिरहरु)

तस्बिर : इलिट जोशी

काठमाडौँ — शुक्रबार चैत्र शुक्ल पुर्णिमाको अवसरमा बिहानैदेखि बालाजु २२ धारामा मेला लागेको छ । हरेक वर्ष जस्तै यसपटकको बालाजु बाइसधारामा मेला भर्नका लागि ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेको छ ।

चैत्र शुक्ल पुर्णिमा बाइसधारामा स्नान गर्दा विभिन्न रोगव्याध नास भई पुण्य प्राप्ति हुने र सुख, शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।

स्थानीय प्रहरी, क्लब तथा सामाजिक संघसंस्थाले मेला भर्न आउने भक्तजनलाई आवश्यक सहयोग तथा व्यवस्थापन गरिरहेका छन् । 

प्रकाशित : वैशाख ६, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्