३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुर डेली अनलाइनमा सांस्कृतिक विषयका फोटोले प्राथमिकता पाएको छ । विशेषगरी भक्तपुर र काठमाडौंमा मनाइने बिस्केट जात्राको तस्बिरहरु धेरै छापिए भने भक्तपुरमै भएको सिन्दुर जात्राका तस्बिर पनि समेटिए । त्यस्तै तामाङ समुदायले बौद्धमा मनाएको तेमाल जात्राको तस्बिर र सरकारले थालेको जेष्ठ नागरिक स्वास्थ्य विमा तथा खोलौ बैक खाता राष्ट्रिय अभियानको तस्बिरले पनि स्थान पाए ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार मध्यान्ह सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले छैटौं पटक जिब्रो छेडाएसँगै जात्रा सकिएको हो । तस्बिर : इलिट जोशी

भक्तपुर मध्यपुर थिमिमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खटसहितको सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा धुमधामका साथ मनाइँदै । तस्बिर : अंगद ढकाल

काठमाडौंको टोखास्थित बिस्केट जात्राको अवसरमा सात देवीदेउताको खट बोकिँदै । तस्बिर : कविन अधिकारी

सरकारले सुरु गरेको जेष्ठ नागरिक स्वास्थ्य विमा तथा खोलौं बैंक खाता राष्ट्रिय अभियानअन्तर्गत आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा फोटो खिच्दै सहभागी बृद्ध । तस्बिर : हेमन्त श्रेष्ठ

बिस्केट जात्राको अन्तिम दिन भक्तपुर तौमडीस्थित भैरवको रथ तान्दै स्थानीयहरु तथा जात्रा अवलोकन गर्न आएका सर्वसाधारणहरु । यो जात्रा आठ रात नौ दिनसम्म मनाइन्छ । तस्बिर : अंगद ढकाल

काठमाडौंको बालाजुस्थित बाइसधारामा वैशाख पूर्णिमाको अवसरमा स्नान गर्दै बलाक तथा भक्तजनहरु । तस्बिर : इलिट जोशी

प्रकाशित : वैशाख ७, २०७६ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्