कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

यसरी भत्काइयाे खुलामञ्चका अवैध सटर (तस्बिरहरु)

तस्बिर : इलिट जोशी

काठमाडौँ — चाैतर्फी विराेध पछि खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डाेजर लगाएर भत्काएकाे छ । काठमाडाैं महानगरपालिकाले २०७१ मा खुलामञ्चकाे उत्तरतर्फकाे केही क्षेत्र साघुँर्‌याएर बसपार्क राख्न भाडामा दिएकाे थियाे । त्यस क्षेत्रमा केही सटर बनेर भाडामा दिइसकिएको छ भने केही बन्दै गरेका थिए । शनिबार दिउँसाे महानगरपालिकाले खुलामञ्चकाे बसपार्क क्षेत्रमा बनेका अवैध संरचना भत्काउने निर्णय गरेपछि दुईवटा डाेजर परिचालन गरेर भत्काउन सुरु गरेका हाे । डाेजर परिचालनसँगै काठमाडाैंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख बिद्यासुन्दर शाक्य लगायत खुलामञ्च क्षेत्र पुगेका थिए ।

प्रकाशित : वैशाख १४, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्