१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उफ ! धूलो (तस्बिरहरु)

मनोज पौडेल

कपिलवस्तु — भैरहवा-लुम्बिनी-तौलिहवा खण्डमा सडक बनाउने काम भइरहेकाले निक्कै सास्ती खेप्नु परेको छ । सडक खनिएका कारण धूलो उड्दा आवतजावत गर्नै समस्या भईरहेको छ । ४४ किमी लामो बाटो पुरै धुलाम्य छ । धुलोको मुस्लो देख्दै डर लाग्छ । बाटोमा पैदल, साईकल र मोटरसाईकलमा हिड्नेहरु धूलो पहेलिएर चिन्नै सकिदैनन् । १० मिनेटमा बाटोमा हिड्यो की पुरै शरीर धुलाम्य हुन्छ ।

उक्त बाटोमा अहिले कोही पनि हिड्नै मान्दैनन् । सडकमा यात्रा गर्नेहरुले हैरानी व्यक्त गर्छन् । धूलो छल्न मास्क लाउछन् चिन्नै नसक्ने गरी पच्छ्याउछ । गन्तव्य पुग्न हतारिदै धुलो मुस्लोभित्र पुग्छन् । निस्सासिदै छन् । आतिन्नछन् ।

भारतको गावर कन्स्ट्रक्सन लिमिटेडले उक्त सडकको ठेक्का लिएको छ । २ अर्बको लागतमा उक्त सडक स्तरोन्नति गर्न लागिएको हो । कन्स्ट्रक्सनले फेरी नेपाली व्यवसायीलाई पेटी ठेक्का दिएको छ । पुरानो पिच उप्काएर भैरहवा लुम्बिनी ४ लेन र लुम्बिनी तौलिहवा २ लेनको बाटो बनाईदैछन् । २० महिना अघिदेखि बाटो बनाउन थालिएको थियो । तर डेढ वर्ष यताबाट यात्रुले धूलोको त्रासदी खेप्नु परेको छ ।

दैनिक यहाँ सर्वसाधारण, पर्यटक र भारतबाट आएका सवारी साधनको चाप हुन्छ । गाडीहरु धूलो उडाउदै दर्गु्छन् । तीव्र गतिमा चल्ने हावाले धूलो परपरसम्म पुर्‍याएर प्रदुषित गर्छ । बाटोमा मात्र नभए, आसपासका बस्तीहरु समेत नराम्री प्रभावित भएका छन् । तौलिहवा-भैरहवामा बाटोमा २० बढी बजार र बस्ती छन् ।

धूलोका कारण गाउँका बासिन्दा बिरामी पर्न थालेका छन् । यातायातका साधन सञ्चालन हुँदा आवतजावतमा सजिलो भए पनि सडक धूलोले आसपासका बासिन्दाको स्वास्थ्यमा असर पारिरहेको छ । सडकका धूलो अहिले सडक आसपासका रुख, बिरुवा, बालीनाली, घर, बजार र पानीका मुहानसम्म पनि पुगेको छ ।

'लुम्बिनीमा ढुक्कले सास फेर्न पाईदैन्' सिद्धार्थ होटल एसोसियसन लुम्बिनीका महासचिव लिलामणि शर्माले भने,'अहिले आनन्दले हिँड्न पनि पाइदैन ।' धूलोकै कारण ट्रकले अघि देख्न नसकेर गुरवनियामा मोटरसाईकलाई ठक्कर दिदा एक जनाको मृत्यु भयो उनले बताए ।


प्रकाशित : वैशाख १९, २०७६ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्