कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ज्याकारान्डाले ढकमक्क काठमाडौं (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल, अब्दुल्लाह मियाँ

काठमाडौँ — सहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्ग लगायतका स्थानमा बैजनी रंगको फुलिरहेको यो फूल ज्याकारान्डा हो ।

यो विरुवा विदेशबाट ल्याइएको हो । डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख रामबाबु पौड्यालका अनुसार यो विरुवा आयातित हो । 'सहरमा हरियाली विस्तार गर्न यो संभावित विरुवा साबित भएको देखिन्छ,' उनी भन्छन्, 'आगामी दिनमा यसलाई विस्तार गर्नुपर्छ भनेर हामीले छलफल अघि बढाएका छौं ।'

तत्कालीन राजा वीरेन्द्रको पालामा भित्रिएकाले यसलाई वीरेन्द्र फूल पनि भनिन्छ । 'विदेशी विरुवालाई नेपाली नामांकरण गर्दा वीरेन्द्र रहन गएका हो,' पौड्याल भन्छन्, 'सुन्दरता बढाउने भएकाले यसलाई प्रवर्द्धन गर्नेतिर ध्यानाकर्षण भएको छ ।'

उनका अनुसार ज्याकान्डा चैतदेखि फूल्न थाल्छ । वैशाख-जेठमा त बैजनीमय हुन्छ । 'सबै पात झरेर फूल्ने भएकाले पनि आकर्षक देखिन्छ,' पौडेलले भने । सरकारले सहरी वन बनाउने छलफल पनि अघि बढाएको छ । त्यसक्रममा डिभिजन वन कार्यालयले यी र अन्य यस्तै विरुवामा प्रवर्द्धन गर्दैछ ।


प्रकाशित : वैशाख २४, २०७६ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्