२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

लोपोन्मुख मेचे समुदायको पहिलो साहित्य सम्मेलन (फोटोफिचर) 

पर्वत पोर्तेल

काँकडभिट्टा — झापामात्रै यस्तो जिल्ला हो, जहाँ सरकारले अनुसुचित गरेका आदिवासी जनजातिमध्ये अधिकांशको बसोबास छ । जसमा लोपोन्मुख आदिवासी मेचे पनि छन् । यो समुदायले शनिबारदेखि नेपालमा पहिलो पटक बोडो–मेचे साहित्य सम्मेलन आयोजना गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्मेलन उद्घाटन गरे ।

दुई दिने महोत्सवमा मेचेहरुको पुर्ख्यौली थलो भारत असमबाट करिव दुई सय हाराहारीमा सहभागी भएका छन् । उक्त महोत्सवमा उनीहरुले आफ्नो साहित्य र संस्कृतिको चर्चा गर्ने मानवशास्त्री सन्तलाल मेचेले जनाए ।

मेचे सिवियारी आफातले आयोजना गरेको सम्मेलनमा उनीहरुको भाषा, संस्कृति र रहनसहनबारे पनि बहस हुने छ ।  

यो समुदाय झापाको मेचीनगर, दमक, धाइजन, ज्यामिरगढी, चकचकी, जलथल, भद्रपुरलगायतका स्थानमा बस्छन् । २०६८ सालको जनगणना अनुसार मेचेहरुको जनसंख्या ४ हजार ८ सय ६७ छ । 

प्रकाशित : वैशाख २९, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्