लुम्बिनीमा चिनियाँ बुद्ध जयन्ती [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — बुद्धस्थल लुम्बिनीमा चिनियाँ क्यालेण्डरअनुसार बुद्ध जयन्ती मनाइएको छ । चीनभर आइतबार मनाइएको बुद्ध जन्मजयन्ती नेपालमा यहाँ मनाइएको हो । चिनियाँ क्यालेण्डरअनुसार यस वर्षको २६४४ औं बुद्ध जन्मजयन्ती नेपालको भन्दा ६ दिन अघि परेको हो ।

लुम्बिनीस्थित चीनको चुोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा आयोजित कार्यक्रममा मायादेवी मन्दिर परिसरमा पिपलको रुखमुनी विशेष मण्डप सजाएर बेबी बुद्ध (सिद्धार्थकुरमा) को मूर्तिलाई नुहाईदिएर धार्मिक विधिपूर्वक पूजाआजा गरी मनाइयो । बुद्ध जन्मना साथ नुहाइदिएकोले यहाँ पनि नुहाई दिएर पवित्र गरिएको थियो । यसअघि बेबी बुद्धको मूर्तिलाई मायादेवी मन्दिरभित्र लगेर बुद्ध जन्मेको ठाउँमा पूजाआजा गरिएको थियो । मूर्तिलाई भिक्षुहरु पुष्करणी पोखरी परिक्रमा गराएका थिए ।

कार्यक्रममा थाई, भियतनाम, म्यानमार, तिब्बती भिक्षु र थेराबाद बौद्ध धमावलम्बीले शिलप्रार्थना र पाठ गरेका थिए । जोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा दोस्रो ठूलो भिक्षु सु चुङ्ग युङले चिनियाँ परम्पराअनुसार पूजाआजा गराएका थिए । चीनको आङखुई, फुचेन, सान्सी, सेन्चेन र सियान लगायतका ठाउँबाट बुद्धजयन्ती मनाउन यहाँ ८० उपासक उपासिका आएका थिए । उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भटराई र भियतनामी भिक्षु डा. लामले मन्तव्य दिएका थिए । त्यस्तै भियतनाम विहारले पनि आजै मायादेवी मन्दिर पूजाआजा गरी बुद्धजन्म जयन्ती मनाएको छ ।

प्रकाशित : वैशाख २९, २०७६ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्