बौद्धमा धमाधम का‍लोपत्रे [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी, विमल खतिवडा

काठमाडौँ — राजधानीको चाबहिल-जोरपाटी-साँखु सडकखण्ड अन्तर्गत टुसालदेखि बौद्धसम्म मंगलबारदेखि कालोपत्रे सुरु गरिएको छ । काठमाडौं‌ उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर एवं प्रवक्ता विश्वविजयलाल श्रेष्ठका अनुसार वर्षात्‌का कारण सडक कालोपत्रे गर्न ढिलाइ भएको हो । यो सडक खण्डको ठेक्का सम्झौता सकिएको र अहिलेसम्म भौतिक प्रगति ५० प्रतिशत भएको श्रेष्ठले जानकारी दिए । धूलो र हिलोका कारण आजित भएपछि कालोपत्रेको माग राख्दै बौद्ध ब्यापार संघको अगुवाईमा केही समयअघि आन्दोलन गरिएको थियो ।


प्रकाशित : जेष्ठ १, २०७६ १७:०२

प्रतिक्रिया
पठाउनुहोस्

निजी सचिवले घूस खाएको आरोपपछि वाणिज्य मन्त्रालयमा बबाल, मन्त्री यादवले समाते कर्मचारीको कठालो  

राजु चौधरी

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको छ । निजी सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि बुधबार दिउँसो आपूर्ति मन्त्रालयमा लफडा भएको हो ।  

मन्त्रालयले मापदण्ड नबनाइ पदस्थापन गरेको रनिजी सचिव आचार्यले घूस खाएको आरोपसहित उनको कार्यकक्षमा पुगेका कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवालको नेतृत्वको टोलीबीच विवाद भएको थियो।

घूस लिई सरुवा गरेको भन्दै निजी सचिव आचार्यमाथि आरोप लागेपछि कार्यकक्षमा रहेका मन्त्री यादव जंगिँदै बाहिर निस्केका थिए। मन्त्री यादवले भनेका थिए, 'झगडा गर्ने को हो, घूस खाको भन्ने को हो? प्रमाण के छ, पुष्टि गर। नत्र यहीं थुन्छु।' मन्त्री यादवलेढोका लगाउन निर्देशन दिएसँगै करिब एक दर्जनको संख्यामा रहेकाकर्मचारीहरु भागभाग गरे। त्यही बेला मन्त्री यादव कर्मचारीहरुको कठालो समाउन पुगे।

मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोंकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गरे।

गृहमन्त्रालयबाट हटाइएका उपसचिव विनोद खड्कालाई उद्योग मन्त्रालयले आर्थिक चलखेल गरी उद्योग विभागमा पदस्थापन गरेको, शाखा अधिकृत आर्जुन राईलाई अध्ययन बिदा सकेको वर्ष दिन नपुग्दै उद्योग विभागमा सरुवा गरेको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७६ १६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्