१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बौद्धमा धमाधम का‍लोपत्रे [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी, विमल खतिवडा

काठमाडौँ — राजधानीको चाबहिल-जोरपाटी-साँखु सडकखण्ड अन्तर्गत टुसालदेखि बौद्धसम्म मंगलबारदेखि कालोपत्रे सुरु गरिएको छ । काठमाडौं‌ उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर एवं प्रवक्ता विश्वविजयलाल श्रेष्ठका अनुसार वर्षात्‌का कारण सडक कालोपत्रे गर्न ढिलाइ भएको हो । यो सडक खण्डको ठेक्का सम्झौता सकिएको र अहिलेसम्म भौतिक प्रगति ५० प्रतिशत भएको श्रेष्ठले जानकारी दिए । धूलो र हिलोका कारण आजित भएपछि कालोपत्रेको माग राख्दै बौद्ध ब्यापार संघको अगुवाईमा केही समयअघि आन्दोलन गरिएको थियो ।


प्रकाशित : जेष्ठ १, २०७६ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्