कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

तस्बिर : इलिट जोशी

काठमाडौँ — अन्न र सहकालका देवता भनिने रातो मस्त्येन्द्रनाथको रथयात्रा गर्ने क्रममा शुक्रबार महिलाले रथ तानेका छन् । रथ तान्ने काममा पुरुष मात्रै संलग्न हुँदै आएपनि परम्परा जोगाउँदै महिलाले रथ तानेका हुन् । महिलाहरुले शुक्रबार बिहान ६ बजे लगनखेलमा रथ तानेका हुन् ।

मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउने क्रममा लगनखेलको थट्टीटोलमा पुग्दा हराएको र एक जना महिलासँग रहेको थाहा पाएपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले नै रथलाई तान्ने परम्परा रहेको छ ।

त्यसैअनुरूप प्रत्येक वर्ष जावलाखेलमा मच्छिन्द्रनाथको जात्रामा त्यो भोटो कसैको हो भनी प्रमाणसहित आउनु भन्ने तत्कालीन राजाको आदेशअनुसार सबैलाई देखाउने परम्परा चलेको बताइन्छ ।


प्रकाशित : जेष्ठ ३, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्