कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

लुम्बिनी भ्रमण वर्ष सुरु [फोटोफिचर]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित कार्यक्रममा पानसमा दियो बालेर शुभारम्भ गरेकी हुन् । २५६३ औँ बुद्ध जयन्ती समारोहमा प्रदेश ५ सरकारले घोषणा गरेको अभियान शुभारम्भ भएको हो । त्यसअघि शनिबार चिटिक्क सिँगारिएको लुम्बिनी पवित्र उद्यानमा विभिन्न कार्यक्रम गरी भव्यरुपमा बुद्धजयन्ती मनाईदैछ ।

बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपसक, उपासिका, बौद्ध विद्वान र अध्येता आएका छन् । बिहानै ७ बजे मायादेवी मन्दिर मुख्य प्रवेशद्वार महलवारिबाट बाजागाजा सहित निकालिएको शोभा यात्रा पवित्र लुम्बिनी उद्यानमा प्रवेश गरी मायादेवी मन्दिरमा पुजाआजा गरिएको थियो ।

पुजाआजापछि शोभायात्रा बुद्धजयन्ती मनाउने मुख्य समारोह स्थल नवनिर्मित सभाहलमा पुगेर टुंगिएको थियो ।बुद्धजयन्तीका दिन a}शाख पूणिर्मामा लुम्बिनीमा निक्कै भिडभाड बढेको छ । स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ ।

बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ । घण्टाबढी लाइनमा उभिएर श्रद्धालुहरू मन्दिर दर्शन गरिरहेका छन् । बुद्धजयन्तीको मुख्य समारोह राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश ५का मुख्यमन्त्री शङ्कर पोखरेल लगायत सहभागी थिए ।


प्रकाशित : जेष्ठ ४, २०७६ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्