कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

हेर्नुहोस्, साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुर डेली डटकममा मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुको आन्दोलन, स्थानीयको आन्दोलनपछि बौद्ध सडकमा कालोपत्रे थालिएको जस्ता विषयवस्तुका तस्बिरहरु धेरै रुचाइए । त्यस्तै धुलाम्मे र हिलाम्मे सडकको विरुद्धमा ललितपुरमा पनि स्थानीय आन्दोलित, शताब्दी पुरुषको नगर परिक्रमा र रातो मछिन्द्रनाथको रथ तान्न सर्वसाधारणको घुइँचो तस्बिरले पनि स्थान पाए ।

२. बौद्ध-जोरपाटी सडकखण्ड कालोपत्रे गरिँदै । लामो समयदेखि निर्माणाधीन चावहिल-साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध-जोरपाटी सडकखण्ड बुधबार कालोपत्रे सुरु भएपछि केही मात्रामा धूलो कमी हुने आशा गरिएको छ । तस्बिर : कविन अधिकारी

३. खराब बाटोका कारण दैनिक रूपमा धुँवाधूलो र हिलो खेप्नुपरेको भन्दै सुनाकोठी, चापागाउँ हुँदै लेलेसम्म अनिश्चितकालका लागि यातायात र सम्पूर्ण पसलहरु बन्द गर्दै स्थानीय बासिन्दा, बन्दका कारण पैदलयात्रीहरु लामो समयसम्म पैदल हिँड्न बाध्य भएका छन् । तस्बिर : बिजु महर्जन

४. एसिया कप हृलिचियर क्रिकेटअन्तर्गत त्रिवि मैदानमा नेपाल र भारतबीच भएको खेलमा नेपाली खेलाडीलाई आउट गरेपछि खुसी मनाउँदै भारतीय खेलाडीहरु । तस्बिर : हेमन्त श्रेष्ठ

५. शताब्दी पुरुष सत्यमोहन जोशीको १०० औं जन्मदिन अवसरमा ललितपुर महानगरपालिकाद्वारा आयोजना गरिएको नगर परिक्रमामा पाटन मंगलबजारस्थित उपस्थित भएका स्थानीय, शुभचिन्तकहरुको जनसागर । तस्बिर : अंगद ढकाल

६. ललितपुरको लगनखेलमा वर्षा र सहकालका देवता भनेर पुजिने रातो मछिन्द्रनाथको रथ तान्दै सर्वसाधारणहरु । तस्बिर : संजोग मानन्धर

७. ललितपुरको लगनखेलमा वर्षाा र सहकालका देवता भनेर पुजिने रातो मछिन्द्रनाथको रथ तान्दै महिलाहरु । तस्बिर/इलिट जोशी

प्रकाशित : जेष्ठ ४, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्