कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेर्नुहोस्, साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर डेली डटकममा यो साता पर्यटन, विकास निर्माण र सामाजिक विषयका तस्बिरले प्राथमिकता पाए । २४ औं पटक सगरमाथा आरोही कामीरिता शेर्पालाई एयर्पोर्टमा स्वागत, दोलखाको कुरिगाउँबाट पयर्टक हिमश्रृंखला अवलोकन, ललितपुरको टीकाभैरव सडकमा कालोपत्रे गरिँदै गरेका तस्बिरले स्थान पाए भने महानगरीय प्रहरीले करोडौं भारतीय नक्कली नोटसहित विमानस्थलबाट युनुस अन्सारी पक्राउ गरेको फोटोले पनि चर्चा पाए । यस्तै कान्तिपुर हाफम्याराथनको तस्बिर पनि पाठकले रुचाइए ।

कान्तिलोक पथअन्तर्गत ललितपुरको टिकाभैरव सडक खण्डमा कालोपत्रे गर्नुअघि धूलो हटाउँदै कामदार । सातदोबाटोदेखि मकवानपुरको बुद्ध चोकसम्म करिब ९० किमि सडक निर्माण अन्तिम चरणमा पुगेको छ । यो सडक असोजदेखि सञ्चालनमा ल्याउने सरकारको तयारी छ । तस्बिर : अंगद ढकाल

चीन सरकारको सहयोगमा पुनर्निर्माण सकिएको काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कुल अवलोकलनका क्रममा कक्षा १० की विद्यार्थी । तस्बिर : इलिट जोशी

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बरामद ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोट ओसारपसारमा संलग्नलाई महानगरी प्रहरी परिसरमा सार्वजनिक गरिँदै : तस्बिर : सञ्जोक मानन्धर

दोलखाको कालिञ्चोक गाउँपालिकास्थित कुरीगाउँबाट मनोरम हिमशृंखलाको तस्बिर लिँदै आन्तरीक पर्यटक । तस्बिर : अंगद ढकाल

कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको कान्तिपुर म्याराथनमा सहभागी हुन थापाथलीमा भेला भएका प्रतियोगी । तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौंको टेकुस्थित विष्णुमती नदीमा पुल बनाउन रड बुन्दै कामदार । तस्बिर : कविन अधिकारी

प्रकाशित : जेष्ठ ११, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्