काठमाडौंको इद उल-फित्र [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — इस्लाम धर्मावलम्बीहरूले बुधबार बिहानदेखि ‘इद उल-फित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि बुधबार बिहानदेखि इद उल-फित्र पर्व मनाउन लागिएको हो । सोही अवसरका काठमाडौंको रत्नपार्कस्थित जामे मस्जिद र घण्टाघरस्थित काश्मिरी मस्जिदमा देखिएका केही तस्बिरहरु :


प्रकाशित : जेष्ठ २२, २०७६ ११:३२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फागू पूर्णिमाको चीर गाडियो

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — रंगहरुको पर्व फागू पूर्णिमा सुरु भएको संकेत स्वरुप बिहीबार उपत्यकाको वसन्तपुरमा विधिवत रुपमा चीर (लिंगो) गाडिएको छ ।

बिहीबार बिहान ११:५५ बजेको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुण्डाएर चीर गाडिएको हो । हनुमानढोका दरबारको मूलद्वार अगाडि बीस फिट अग्लो, तीन तले छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुण्डाएर सिंगारिएको चीर लिंगो गाडेजस्तै गरी मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन गाड्ने चलन रहेको छ । शुभसाईतमा चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामी समेत दिएका थिए ।

चीर गाडेपछि होली विदिवत रुपमा सुरु भएको मानिन्छ । होलीको मुख्य दिन चीर लडाएर दहन गर्ने गरिन्छ । यसवर्ष पहाडी जिल्लामा चैत ६ गते र तराईमा ७ गते होली पर्व मनाइँदै छ ।


प्रकाशित : फाल्गुन ३०, २०७५ १५:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT