कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कपिलवस्तुमा इद उल–फित्रको रौनक [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — इस्लाम धर्मको पर्व इद उल–फित्र कतिलवस्तुमा बुधबार धुमधामले मनाइँदैछ । इदका दिन इस्लाम धर्मावलम्बीहरुले कपिलवस्तु नगरपालिकाको बसपार्क र छोट्की तौलिहवास्थित इदगाहमा पुगेर नमाज पढेका थिए । सानादेखि ठूलो सबै बिहानै सफासुग्घर भई नयाँ कपडा लगाएर नमाज पढ्न पुगेका थिए ।

सबैले धार्मिक विधिपुर्वक नमाज पढे । नमाजपछि सबैजना अंगालोमा बाँधिएर गला मिलाउँदै खुशी साटासाट गरेका थिए । गरिब विपन्नलाई दान गरे । छोट्की तौलिहवामा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा महिलाहरु पनि पुगेर धार्मिक विधिपूर्वक सामूहिक नमाज पढेका थिए ।

शुभकामना आदानप्रदान गर्न विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता इदगाहमै पुगेका थिए । कपिलवस्तु जिल्ला मुस्लिम बहुल्य क्षेत्र हो ।


प्रकाशित : जेष्ठ २२, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्