नारायणी नदी किनारबाट हिमाल र हरियाली नियाल्दा... (तस्बिरहरु)

रमेशकुमार पौडेल

चितवन — नारायणगढस्थित नारायणी नदी किनार बिहान, मध्यान्ह र साँझपख घुमफिर गर्नेहरुको राम्रै जमघट हुने ठाउँ भएको छ । गर्मीमा नदीको आडमा सित्तल हावा चल्छ । जाडोमा खुला चौरमा पहारिलो घाम लाग्छ । त्यसैले यहाँ जाडो वा गर्मी हरेक सिजनमा मान्छेहरु भेला भएको देखिन्छ । नदीको लहर र कलकलसँगै उत्तरको हरियो जंगल र पहाडको मनमोहक दृश्य हेरेर नरमाउने को होला र ।

पानी परेर आकास खुलेका बेलामा टल्केको हिमालसमेत नदी किनारमा बसेर नियाल्न सकिन्छ । शुक्रबार बिहानपख झमझम पानी परेपछि आकास खुलेका कारण सेता हिमाल र हरिया पहाडको लोभ लाग्दो दृश्य नारायणगढबाटै देखिन्थ्यो ।

प्रकाशित : जेष्ठ २४, २०७६ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्