काेरियाली भाषा परीक्षा आज र भाेलि
काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा आजबाट सुरु भएकाे छ । शनिबार र आइतबार हुने परीक्षामा ९२ हजार परिक्षार्थी सहभागी हुन लागेका छन् । इपिएस कोरिया शाखाका अनुसार काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् ।