कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साताका उत्कृष्ट ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण कोरियामा जाने नेपालीहरुले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु पर्छ । सरकारले हरेक वर्ष भाषा परीक्षा सञ्चालन गर्दै आएको छ । आवेदन दिन, परीक्षा दिने लगायत कामका लागि नेपाली युवायुवतीहरुको परीक्षा केन्द्रहरुमा घुइँचो लाग्ने गर्छ । यस वर्ष सन् २०१९ को भाषा परीक्षा शनिबार र आइतबार सञ्चालन हुने तालिका छ ।

शुक्रबार बिहान करिब ५ बजेतिर काठमाडौं उपत्यकामा आएको हावाहुरीले उपत्यकाको तुवाँलो उडाइदिए पछी गोठाटारबाट देखिएको बौद्ध र पृष्भुमीमा देखिएको हिमश्रन्िखला । बिहानै हावाहुरी र पानीपरेपछि सधैं तुवालोले ढाक्ने काठमाडौं उपत्यकाको मौसम छर्लङ्ग खुलेको थियो । तस्बिर अंगद ढकाल । कान्तिपुर

अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथ रथ जात्राको अन्तिम दिन रथ तान्दै स्थानीय । तस्बिर : इलिट जोशी

मिडिया काउन्सिल विधेयकविरोधमा पत्रकार महासंघद्वारा राजधानीको बबरमहलमा शनिबार आयोजना गरिएको विरोध र्‍यालीमा सहभागीहरु । तस्बिर : अंगद ढकाल

मुस्लिम समुदायको पवित्र पर्व रमदानको अन्तिम दिन राजधानीको घण्टाघरस्थित काश्मिरी जामे मस्जिदमा प्रार्थना गर्दै मुस्लिम समुदायहरु । तस्बिर : सन्जोग मानन्धर

बसन्तपुरमा आयोजित सामूहिक बेल विवाहको अवसरमा सिंहको सालिकबाट खसालिएको पवित्र जल ग्रहण गर्दै आमा र छोरी । तस्बिर : सन्जोग मानन्धर

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता तेस्रो संस्करण नेपाल पुलिस क्लबले जितेपछि ट्रफी चुम्दै । तस्बिर : हेमन्त श्रेष्ठ

प्रकाशित : जेष्ठ २५, २०७६ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्