गुठी विधेयकविरुद्ध ललितपुरमा प्रदर्शन

तस्बिर : इलिट जोशी

काठमाडौँ — गुठी सम्बन्धी कानुन संशोधन गर्न संसदमा दर्ता भएको विधेयक विरुद्ध उपत्यकाका गुठीयार तथा स्थानीयले प्रदर्शन गरेका छन् । बिहीबार अपरान्ह ५ बजे ललितपुरको मंगलबजारमा सरकारविरुद्ध नाराजुलुस गरेका थिए । प्रदर्शनमा सहभागीले सरकारलाई संशोधन विधेयक फिर्ता गर्न माग गरेका थिए । सरकारले गुठी मासेर मौलिक रितिरिवाज, चालचलन, संस्कृति मास्न लागेको आरोप लगाए । तस्बिरमा हेरौं ललितपुरको प्रदर्शन ।


प्रकाशित : जेष्ठ ३०, २०७६ १९:३७

प्रतिक्रिया
पठाउनुहोस्

छिमेकमा भोज खाएका ३० जना बिरामी, १९ जना अस्पताल भर्ना 

हरिहरसिंह राठौर

धादिङ — निलकण्ठ नगरपालिका-११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाएका ३० जना बिरामी परेका छन् । स्थानीय रेशमा आलेको छोराको पास्नी भोज खाएलगत्तै बुधबार रातिदेखि नै बिरामी हुन थालेको स्थानीयले बताएका छन् । चिकित्सकका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । 

भोज खाएर बिरामी भएका ३० जनामध्ये १९ जना जिल्ला अस्पतालमा उपचारमा राखिएको स्वास्थ्यकर्मी सुजन घलेले बताए । उनका अनुसार सोही घरमा भोज खाएका सुकौरा र भार्मलेमा पनि २० जना बिरामी परेको खबर आएको छ । बिरामीको परीक्षण चलिरहेको अस्पतालले जनाएको छ ।



प्रकाशित : जेष्ठ ३०, २०७६ १९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्