कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भूम्यामा झुमे मन्त्री [फोटोफिचर]

तस्बिर : केशव थापा

काठमाडौँ — मगर समुदाय अहिले भूम्या पर्वमा रमाइरहेका छन् । नोकोबाङ्गे, भूमे, भूमि, भूम्याजस्ता नामले चिनिने भूम्या पर्व असार १ गतेदेखि सुरु भएको हो । भूमि पर्व आरम्भको दिन काठमाडौंको टुँडिखेलमा उर्जामन्त्री वर्षमान पुन, नेकपाकी सांसद ओनसरी घर्ती लगायत विशिष्ट व्यक्तिहरुको साथ मगरहरुले भूमे नाच नाचेका थिए ।

मगर समुदायका सांस्कृतिक सभ्यतासँग जोडिएको पर्व हो भूम्या । यो पर्व मूलतः भूमिकै पूजा हो । भूमिप्रति सम्मान र आदर हो । भूमिकै कारण मानव, प्राणी बाँचेका हुन् । त्यहीं माटो, भूमिमा फलेको अन्नबाली खाएर जिउने अवसर मानिस पाएका छन् । त्यसैले हामीले भूमिलाई शिरमा राख्नुपर्छ, आदर सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ मगर समुदायले भूमिलाई पूजा गर्ने गर्छन् । मगर समुदाय लगायत संसारका आदिवासीहरुले जल, जमिन र जंगललाई आफ्नो प्राणको रुपमा लिने गरेका छन् ।

भूम्यामा अनिवार्य बली दिइन्छ । असार १ गते विहान बली दिइन्छ । त्यो ठाउँ विशेष हुन्छ । कतै कुखुरा, कतै बाख्रा, कतै भेडाले बली दिइन्छ । यो बली कुनै अलौकिक देवता, भगवानका लागि होइन, माटोको लागि दिने चलन छ । पश्चिम नेपालमा बोलिने मगर खाम/पाङ भाषाको विभिन्न भाषिकाका कारण यो पर्वको नाम विभिन्न भए पनि यसको मूल पक्ष भनेको भूमिको पूजा रहेको मगर अगुवाहरु बताउँछन् । भूमिलाई पूजा गरेर, नाचेर स्वागत गरिएको भूम्यालाई नाचेरै बिदाइ गर्ने चलन छ ।

प्रकाशित : असार ४, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्