१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मनसुन भित्रिएसँगै रोपाइँ सुरु

शब्द/तस्बिर: जितेन्द्र साह

विराटनगर — १५ असारमा दही चिउरा खाने र धान दिवस मनाउने चलन छ । तर मोरङको दक्षिणपूर्वी भेकमा भने असारको पहिलो सातादेखि रोपाइँ सुरु भइसकेको छ । यहाँका कृषक बहुल गाउँपालिकाहरु कटहरी, धनपालथान, ग्रामथान र जहदा पुग्दा सबैजना खेतमा व्यस्त भेटिन्छन् । अहिले किसान एवं कृषि मजदुरहरु बेर्ना उखेल्दै खेत रोपिरहेका छन् ।

यहाँका किसानले जेठको पहिलो सातामा राखेको बेर्ना एक महिना भित्र तयार हुन्छ । यसपछि उनीहरुले वर्षा र नहरको पानीको भरमा बस्दैनन् । बोरिंग/पम्पिङ सेटको मद्दतले रोपाइँ गर्छन् ।

रोपाइँ सुरु गर्नुअघि ग्रामिण भेकमा गृहस्थ भनिने किसानले खेतमा पूजा गर्छन्, अनि कृषि मजदुर तथा परिवारका सदस्यलाई प्रसादको रुपमा खिरपुरी खुवाउँछन् ।

बेलैमा रोपाइँ र कटाइ सकेपछि अर्को बालीकोलागि खेतलाई तयार पार्नु पर्ने हुनाले उनीहरु १५ असार कुरेर बस्दैनन् । ढिलो गर्दा कृषि मजदुर नपाउने समस्याले पनि उनीहरु चाँडो सक्छन् । यहाँ साउनभित्र रोपाइँ सक्ने गरेका छन् ।

प्रकाशित : असार ७, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्