१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मिडिया काउन्सिल विधेयकविरुद्ध वसन्तपुरमा प्रदर्शन (तस्बिरहरु)

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले ल्याउन लागेको प्रस्तावित मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले बुधबार वसन्तुपुरमा बृहत प्रदर्शन गरेको छ । महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार वसन्तपुरमा बृहत कार्टुन प्रदर्शन तथा व्यंग्यात्मक कविता वाचन गरिएको हो ।

सरकारले प्रेस विरोधी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको भन्दै महासंघ सहित मुलुकभरका पत्रकारहरुले विधेयक फिर्ता लिन माग गर्दै आएका छन् । कार्यक्रममा वरिष्ठ कवि कलानिधि दाहाल, कविहरु बालकृष्ण लम्साल, नारायण सापकोटा , महेन्द्र थुलुङ राई, श्रवण मुकारुङ, मातृका पोखरेल, विमला तुम्खेवा, मनोज न्यौपाने लगायतले कविता वाचन गरेका थिए ।

प्रकाशित : असार ११, २०७६ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्