२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

गर्मी छल्न गोठै लगिन्छ लेक [फोटोफिचर]

हरि गौतम

(रुकुम पूर्व) — ६२ वर्षका उदिम बुढा मगर भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको सिमाना रिका लेक छन् । केही दिनअघि मात्रै लेक उक्लिएका बुढा अझै आधा महिना लेकमै बस्ने छन् । सुरबहादुर बुढा मगर र इकबहादुर कामी पनि रिका लेकमै छन् । उदिम, सुरबहादुर र इकबहादुर रिका लेकमा घुम्न भने गएका होइनन् ।

भूमे गाउँपालिकाको काँक्री घर भएका उनीहरु बेंसीमा बढ्दै गएको गर्मी छल्न लेक उल्केका हुन् । उनीहरु आफूमात्रै पनि लेकमा छैनन् । गाई, गोरु र भेँडा, बाख्रा समेतलाई लिएर लेक उक्लिएका छन् । यी ३ जनामात्रै होइन त्यस क्षेत्रका अधिकांश सर्वसाधारण यो समयमा लेक चढेका छन् । गाईवस्तुसमेत लिएर उनीहरु हरेक वर्षजस्तै यो वर्ष पनि लेकमा छन् ।

गर्मी छल्ने, गाईवस्तुलाई लेकको घाँस खुवाउने उद्देश्यले लेक पुग्ने चलन पहिल्यैदेखि रहेको उदिमले बताए । ‘हामी रिका लेकमा छौं, अरु अरु लेकमा छन्’ उनले भने, ‘यो समयमा यी देखिने कुनै पनि लेक र डाँडाकाँडा खाली छैनन् सबैतिर मान्छे र गाई वस्तु छन् ।’ मान्छे बस्नका लागि अस्थायी टहरो बनाइन्छ गाई, गोरु, भेँडा र बाख्रा यत्तिकै राख्ने चलन छ । गाईवस्तुले लेकको नयाँ घाँस खाएर मुख फेर्छन् भने मानिसले पनि जंगलको हरियो साग तथा च्याउ खाएर मुख फेर्ने चलन छ । गोठमा आउनु रमाइलो हुने रामधन पुन मगरले बताए । ‘गोठमा रमाइलो हुन्छ नै यो रमाइलाको लागि मात्रै भन्दा पनि नियमित चलन हो,’ उनले भने ।

प्रकाशित : असार १३, २०७६ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्