२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यसरी गरिएको थियो धावनमार्ग सुधार [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) सोमबारदेखि २१ घण्टा नै सञ्चालन हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग जीर्णोद्धारको पहिलो चरणको काम सम्पन्न गर्दै पुन: २१ घण्टा सञ्चालनमा ल्याउन लागेको हो । ‘असार १६ देखि काठमाडौं विमानस्थल पुनः २१ घण्टा सञ्चालनमा ल्याउँदै छौं,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले कान्तिपुरसँग भने । उनका अनुसार भदौ १४ सम्म २१ घण्टा विमानस्थल सञ्चालन हुनेछ ।

त्यसपछि दोस्रो चरणमा धावनमार्गसँग जोडिएका ‘प्यारलल ट्याक्सी–वे’ तथा अन्य बाटोको सुधार थालिनेछ । यो काम भदौ १६ देखि पुस १५ सम्म चार महिना हुने भए पनि विमानस्थल अहिलेजस्तो १० घण्टा बन्द गरिनेछैन ।

विमानस्थल २१ घण्टा सञ्चालन हुँदा दैनिक ३ सय ५० हाराहारी आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन्छन् । अहिले १० घण्टा आंशिक बन्द भएका कारण दैनिक ७० वटासम्म उडान कटौती भएका छन् । यो कुल उडानको २० प्रतिशत हाराहारी हुन आउँछ ।


प्रकाशित : असार १५, २०७६ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्