२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

धादिङमा हिले दौड प्रतियोगिता [तस्बिरहरु]

शब्द/तस्बिर : हरिहरसिंह राठौर

धादिङ — धादिङमा पहिलो पटक खुला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ । आयोजकहरुले देशभरमै पहिलो खुल्ला हिले दौड दाबी गरेको प्रतियोगितामा महिलातर्फको दौडमा धादिङ सिद्धलेक घरभै हाल हल्चोकस्थित सशस्त्र प्रहरीमा कार्यरत सोनी गुरुङले प्रथम नगद पुरस्कार ५० हजारसहितको कप हात पारिन् ।

पुरुषतर्फ संखुवासभा निवासी नेपाल प्रहरीका विकास राईले प्रथम पुरस्कारसहित ट्रफी हात पारेका छन् । सशस्त्र प्रहरी बलका किरण मल्ल कैलाली र सशस्त्र प्रहरी बलकै खिमबहादुर खत्री नेपालगन्जले क्रमश: ३० हजार र २० हजार नगदसहित दोस्रो तथा तेस्रो पुरस्कार हात पारेका छन् ।

महिलातर्फ धादिङ धुनीबेंसी निवासी सशस्त्र प्रहरीमा कार्यरत रसिला तामाङ र तृतीय स्थान पाटनकी निर्जला ताम्राकारले हात पारेकी छिन् ।

१६ औं राष्ट्रिय धान दिवसका अवसरमा आइतबार विर्ताबेंसीका स्थानीय ५ घरका १५ रोपनी खेतमा आयोजित कार्यक्रममा हजारौं स्थानीयवासी सहभागी थिए । तीन सय मिटर दूरीको हिले दौडमा ८५ जना पुरुष र ३४ जना महिलाहरुले भाग लिएका थिए । हिलेदौडमा विजयी धावकहरुलाई जिल्ला समन्वय समिति संयोजक जगन्नाथ नेपालले नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।

प्रकाशित : असार १५, २०७६ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्