कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यस्तो देखियो एनआरएनए अस्ट्रेलियाको चुनाव (तस्बिरहरु)

नारायण खड्का

अस्ट्रेलिया — प्रवासी नेपालीहरूको सङ्गठन एनआरएन अस्ट्रेलियाको चुनाव सम्पन्न भएको छ । हरेक दुई वर्षमा हुने यस निर्वाचनले अर्को कार्यकालका लागि नयाँ नेतृत्व छनौट गर्नेछ ।

अस्ट्रेलियाको ६ वटा राज्य तथा दुईवटा टेरिटोरीमा एकै पटक आज आयोजना भएको निर्वाचन विद्युतीय प्रणालीबाट गरिएको थियो । निर्वाचनमा करिब ४ सय उम्मेदवारले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका थिए ।

११ हजार मतदाता रहेको यस निर्वाचनमा करिब ७५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा एनआरएन अस्ट्रेलियाको नेतृत्व लिनका लागि समावेशी समूहबाट दिनेश पोखरेल र प्रगतिशील समूहबाट केशव कँडेल चुनावी मैदानमा उत्रिएका थिए ।

शनिबार सबै स्थानमा भएको निर्वाचनमा मतदानस्थलमा आउन नसक्ने केही मतदातालाई अनलाइन मतदानको समेत व्यवस्था गरिएको थियो । ८० बढी देशमा आफ्नो शाखा स्थापना गरिसकेको एनआरएनको सबैभन्दा धेरै सदस्य रहेको देश भएकाले समेत अस्ट्रेलियाको मतदानलाई चासोका साथ हेर्ने गरिएको छ । आज आयोजना गरिएको मतदानले नेपालमा हुने संसदीय निर्वाचनको झलक दिएको थियो ।

प्रकाशित : असार २१, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्