कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

यसरी जोगियो खहरे खोलाको बाढीमा परेको गाडी [फोटो फिचर]

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङबाट दुईजना यात्रु लिएर फक्ताङलुङ गाउँपालिकाको तापेथोक जाँदैगरेको जिप गाडी खहरे खोलाको बिचैमा फस्यो । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले रिजर्भ गरेको गाडी तावाखोलामा फसेको थियो ।

परिषद अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार खोलामा पस्नु अघि चालक लगायतका यात्रुले पानीको सतह हेरेका थिए । सहजै तर्नसक्ने ठहर भएपछि चालकले गाडी खोलामा त लगाए तरबीचमा पुग्दा खहरे खोलो बढेर आएपछि गाडीको स्टार्ट नै बन्द भयो । आफूहरु झ्यालबाट गाडीको छतमा चढेर बाहिर हामफालेर भागेको परिषदका लेखापाल मनप्रसाद लिम्बूले बताए ।

भेलले गाडीको एउटा चक्का र गाडी भित्रको दुइवटा सिट बगाएर लग्यो । बाहिर निस्किएका यात्रुले गाडीलाइभने फलामको रडले बाँधेर बग्नबाट जोगाए र पानीको सतह घटेपछि अर्को गाडीको मद्दतमा निकालियो ।

हिमाली तथा पहाडी जिल्लामा यसरी एक्कासी उर्लेर आउने खहरे खोलाको जोखिम जहिल्यै हुने फेम्बु बताउँछन् । तल्लो क्षेत्रमा नपर्दापनि लेकाली क्षेत्रमा पर्ने पानीले खहरे खोला बड्ने र त्यसको जोखिम तल्लो क्षेत्रसम्म बड्ने गरेको हो ।

प्रकाशित : असार २४, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्