३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रधानमन्त्रीले लिए राष्ट्रिय परिचयपत्र

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय परिचयपत्र लिएका छन् । प्रधानमन्त्री ओलीलाई परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच राष्ट्रिय परिचयपत्र प्रदान गरेका हुन्। प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले पनि परिचयपत्र लिएकी थिइन् ।

गृहमन्त्री रामबहादुर थापाले गत मंसिर ३ गते पाँचथरको फिदिम नगरपालिका– शान्तिपुरकी १०१ वर्षीया भगवती भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको सुरूआत गरेका थिए।

प्रकाशित : असार २४, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्