जलमग्न जनकपुर [फोटो फिचर]

सन्तोष सिंह

जनकपुर — तीन दिनदेखिको अविरल परेको वर्षाले जनकपुरको अञ्चल अस्पताल, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय जालम्य भएको छ । शुक्रबार बिहानसम्म पनि पानी पर्न रोकिएको छैन । स्थानीयको घर र पसलमा समेत पानी जमेको छ । पानीले गर्दा चहलपहल कम भएको छ भने घरभित्र पानी पस्ने चिन्ताले स्थानीयलाई सताएको छ ।


प्रकाशित : असार २७, २०७६ ०९:१३

प्रतिक्रिया
पठाउनुहोस्

दार्जिलिङ भानुमय

मनोज बोगटी

दार्जिलिङ — पश्चिम बंगाल सरकराले यसवर्ष सानोतिनो कार्यक्रममै भानुजयन्ती टार्ने भएको छ । तर गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) ले भने धुमधामले भानुजयन्ती मनाउने तयारी गरेको छ ।

जीटीएले यसवर्ष प्रदान गरिने पुरस्कारहरू घोषणा गरिसकेको छ । नेपाली साहित्य सम्मेलनसित मिलेर जीटीएले भानुजयन्तीकै सन्दर्भमा नाट्य, चित्रकारिता, पत्रकारिता र लोकसंगीतको विधामा पनि छुट्टाछुट्टै पुरस्कार घोषणा गरेको छ ।

दार्जिलिङको रेलवे स्टेसनदेखि चौरस्ता परिसरसम्म भानुजयन्तीको दिन शोभायात्रा पनि निकाल्ने तयारी भइरहेको छ । यता कालिङबुङस्थित नेपाली साहित्य अध्ययन समितिले पनि भानुजयन्तीकै छेक पारेर पुरस्कृतहरूको नाम सार्वजनिक गरेको छ ।

समितिका सचिव बलभद्र शर्माका अनुसार यस वर्ष पूर्ण राई स्मृति पुरस्कार कथाकार निरज थापालाई र भाइचन्द प्रधान स्मृति पुरस्कार कवि जय ‘क्याक्टस’ लाई दिइने जनाइएको छ । सिलगढीमा पनि हरेक वर्ष भानुजयन्तीमा नेपालीभाषीले जातीय पोसाक लगाएर शोभायात्रा निकाल्ने गरेका छन् ।

भानुजयन्ती समारोहले गर्ने शोभायात्रामा अन्य भाषीको समेत सहभागिताहुनेगर्छ । सिक्किमको नेपाली साहित्य परिषद्ले पनि भानुजयन्तीलाई छेकपारेर दिइने पुरस्कार घोषणा गरिसकेको छ । परिषद्ले यस वर्षको भानुपुरस्कार नाटककार ध्रुव लोहागुणलाई प्रदान गर्ने छ ।

भानुभक्त आचार्यबारे विद्यावारिधि गरेका कविता लामाका अनुसार दार्जिलिङले नै सबैभन्दा पहिले भानुजयन्ती मनाउने परम्परा बसालेको हो । ‘सन् १९२४ मा दार्जिलिङमा नेपाली साहित्य सम्मेलन खोलियो,’ उनले भनिन् ।

सन् १९४९ मा नेपाली साहित्य सम्मेलनले नै दार्जिलिङमा सबैभन्दा पहिले भानुभक्तको अर्धकदको सालिक स्थापना गरेको थियो । त्यसपछि समितिले बनाएको पूर्णकदको सालिक अहिले दार्जिलिङको चौरास्तामै छ ।

प्रकाशित : असार २७, २०७६ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्