ललितपुरको पाटन डुबानमा (फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ

ललितपुर — भारी वर्षाका कारण मुलुभरको जनजीवन प्रभावित बनेको छ । उपत्यकामा विभिन्न ठाउँहरुमा पानी जमेपछि आवतजावतमा समस्या भएको छ । ढल निकास व्यवस्थित नुहँदा जताततै पानी भरिएका छन् । पाटनका चोकहरू डुबानमा परेका छन् । पाटनको महापाल चोक, पटो टोल, गोल्डेन टेम्पल, बंगलामुखी, शंखमूल सडकमा बगेको पानीले हखाः खोलाको झल्को दिएको छ । लिच्छविकालमा पाटन दरबार क्षेत्र दुपातबाट हखाः खोला बग्दथ्यो । रातो मत्स्येन्द्रनाथ रथ यात्राका क्रममा मंगलबजार पुगेपछि खोला तार्ने भनी गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुखको उपस्थितिमा पूजा गर्ने चलन छ ।

प्रकाशित : असार २७, २०७६ १८:३७

पटो टोल सुधार समितिका अध्यक्ष वदन राजोपाध्याय भन्छन्, ‘बाउबाजेले हखाः खोला पाटन भएर वाग्मतीमा मिसिने गरेको सुनाउँथे । सडकमा पानी बगेको देखेर साँच्चिकै खोलाको अनुभूति भएको छ ।’ अव्यवस्थित सहरीकरण र ढलको सही निकास नहुँदा अधिकांश ठाउँ डुबेको उनले बताए । उनका अनुसार नगरमा पहिला घोडा दौडाउन मिल्ने जत्रो ढल थियो । ‘नियमित सफासुग्घर गर्न नसकेपछि विस्तारै पुरिँदै गयो, कतिपय भत्किए,’ उनले भने, ‘राणाकालसम्म आइपुग्दा सानो भइसकेको थियो । पछि ह्युमपाइप राख्न थालेपछि समस्या देखिएको हो ।’

नगरको ढल पाटन दरबार स्क्वायर क्षेत्रको महापालचोक र मंगलबजार भएर वाग्मतीमा मिसिने गर्छ । महापालचोकमा महालक्ष्मीस्थान, लगनखेल इटी टोल, पाटन अस्पताल, मानभवन, कुमारीपाटी, जावलाखेल र पुल्चोकको ढल आएर मिसिने गरेको छ । सातदोबाटो, लगनखेलस्थित विद्युत् प्राधिकरण, मालपोत, नापी, राजदल गण, वटुकभैरव, थटी टोल, टंगल र हौगल क्षेत्रको ढल मंगलबजारमा आएर मिसिन्छ । चोकको मंगाल सानो छ । बालुवा, रोडा, ग्राभेल, प्लास्टिक, बोरा र कपडाले पानी छेक्दा जाम हुने गरेको छ ।

महापालदेखि उत्तरतर्फ कुम्भेश्वरको निकास पाइप पनि सानो छ । यसले गर्दा एक/दुई घण्टा पानी परेमा चोकमा पोखरीझैं पानी जम्ने गरेको छ । अग्निशाला, न्याछ्यगल्ली, तःधोका र पूर्णचण्डीदेखि गाःबहाल आउने ढलको समस्या पनि उस्तै छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताए । ‘पहिरोले ललितपुरको गोटीखेलका रामबहादुर थाकेरको गोठ पुरिँदा भैंसी र बाख्रा पुरिएका छन्, कालेश्वरका राजेन्द्रप्रसाद दाहालको दुईतले कच्ची घर र बतासेमा एउटा गोठमा क्षति पुगेको छ,’ उनले भने । महांकाल र वाग्मती गाउँपालिकामा शुक्रबार विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया
पठाउनुहोस्

नक्कली चालक खडा गर्ने इन्सपेक्टरसहित ७ जना विरुद्ध मुद्दा 

नारायण शर्मा

नवलपरासी — सवारी दुर्घटनामा ज्यान गुमाएको घटनामा चालक फेरेर नक्कली काम गरेको भन्दै अख्तियारले गैडाकोटका इन्सपेक्टर लोकबहादुर जिसी सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । सक्कली चालक फेरेर नक्कली चालकले गाडी चलाएको कागजात बनाउने ४ प्रहरी र त्यसमा मिलोमतो गरेर झूटो बयान दिने ३ जना समेत गरी ७ जना विरुद्ध अख्तियारले अनुसन्धान थालेको ३५ दिनपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले त्यतिबेलाको दुर्घटनामा गाडी चालउनेलाई लुकाएर नक्कली चालक खडा गरेको विषयमा अनुसन्धान गर्दा इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर जिसी , सई दामोदर भट्टराई , असई देबबहादुर र गैडाकोटका तत्कालीन ट्राफिक प्रहरी इन्चार्ज बलबहादुर ओलीले मिलोमतोमा नक्कली काम गरेको पुष्टि भएपछि उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जानकारी दिए ।

त्यसै गरी दुर्घटना हुँदा गाडि मै नरहेका र पछि चालक हुँ भनेर झूठो बयान दिने किसुना महतो , सक्कली चालक बोधराज पाण्डे र मतियारा शालिकराम पाण्डेलाई पनि हदैसम्मको कारबाही गर्न माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गत बैशाख ११ गते राति १० महेन्द्रराजमार्ग अन्तरगत गैडाकोटको विकास चोकमा जिप र मोटरसाइकल ठोक्किदा एक महिलाको मृत्यु भएको थियो । जिप चालक चितवन टाडीका बोधराज पाण्डेले चलाएको नम्बरको जिप र मोटरसाइकल ठोक्किदा मृत्यु भएको हो ।

बोधराजले मादकपदार्थ सेवन गरेर जिप चलाउदा दुर्घटना भएको प्रारम्भीक अनुसन्धानले देखाएको थियो । दुर्घटनाको २ दिनपछि बैशाख १३ गते बोधराज पाण्डेसँग १० लाख नगद लिएर किसुन महतो भन्ने गाडि चलाउने लाइसेन्स भएका र दुर्घटना हुँदा गाडि नचलाएका व्यक्ति राखेर कानूनी कारबाही अघि बढाएका थिए । दुर्घटना हुँदा जिप चलाउने पाण्डेको सट्टा गाडि चलाउने लाइसेन्स भएका महतोलाई सक्कली चालक बनाएर नक्कली काम गरेपछि इलाका प्रहरी कार्यालयभित्रैबाट अख्तियारमा बेनामे उजुरी परेको थियो ।

आयोगका प्रबक्ता कोइरालाले प्रहरी निरीक्षकले घूस खाएर चालक फेरेको बारेमा परेको उजुरीको आधारमा त्यो बिषयमा अनुसन्धान गरिएको र मिलोमतोमा त्यस्तो काम गरेर अख्तियार दुरुपयोग गरेको पाइएकाले कारबाही र सजायका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।

प्रकाशित : असार २७, २०७६ १८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्