तस्बिरमा काठमाडौं–कोरा साइक्लिङ

अनिश रेग्मी

काठमाडौँ — यो वर्षको काठमाडौं–कोरा साइक्लिङ च्यालेन्ज २०१९ शनिबार आयोजना गरिएको छ । पाटन दरबार स्क्वायरबाट सुरु भएको साइकलिङमा २५०० जना सहभागी भएका छन् । एक सय, ७५ र ५० किलोमिटर गरी तीन तहमा दौड आयाेजना गरिएकाे हाे । 


प्रकाशित : श्रावण ४, २०७६ ११:५८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वर्षमा ५ करोडको राजश्व छलीका सामान बरामद

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमकै प्रमुख नाका कैलालीको त्रिनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५/०७६ मा ५ करोड १० लाख बराबरको राजश्व छलीका सामान बरामद भएको जनाएको छ । दैनिक लाखौ‌ंको छली हुने उक्त नाका क्षेत्रबाट बरामद गरिएको उक्त परिमाण र राजश्व अत्यन्तै न्यून हो । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालय आफ्नै गस्ती टोलीले कर छली गरि भित्र्याइदैँ गरेका व्यापारिक सामग्रीहरु बरामद गरेका हुन्। त्यसक्रममा सशस्त्र प्रहरीले ४ सय ८४ मुद्दामा २ करोड ८६ लाख बराबरको अवैध सामग्री बरामद गरी त्रिनगर भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ।

सशस्त्रले बरामद गरेका सामग्रीहरुमा ५६ वटा मोटरसाइकल, २ वटा जीप, ट्याक्टर, ७ वटा अटोरिक्सा लगायतका सवारी तथा ढुवानीका साधनहरु पनि रहेका छन्। धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणका गणपति विष्णुप्रसाद भट्टकाअनुसार त्यस कार्यमा संलग्न ४२ जनालाई पक्राउ गरि भन्सारमा बुझाइएको हो।

यस्तै कैलाली प्रहरीले १ सय ७७ मुद्दामा २ करोड ३८ लाख बराबरको भन्सार छलीको सामग्रीहरु बरामद गरी भन्सारमा दाखिला गरेको छ। भन्सार कार्यालयको आफ्नै गस्ती टोलीले १८ वटा मुद्दामा ४ लाख ८१ हजार बराबरको सामग्री बरामद गरेको जनाएको छ।

भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीका अनुसार वर्षभरि भन्सार छलीका कूल ६ सय ४६ वटा मुद्दा भएका छन्। कार्यालयमा दाखिला गरिएका सामग्रीबाट २ करोड ४४ लाख आम्दानी भएको अधिकृत उप्रेतीले बताए। हार्डवेयर, कपडा, चिनी लगायत खाद्यवस्तु यस क्षेत्रबाट छली हुने अवैध रुपमा भित्र्याइने गरेको सुरक्षाकर्मीहरु बताउँछन्।

त्रिनगरबाट राजश्व छली हुने प्रवृति र सुरक्षा निकाय तथा भन्सार आफैले गरी बरामद भएको परिमाण अत्यन्तै न्यून देखिएको व्यवसायीहरु बताउँछन्। दैनिक लाखौ बराबरको राजश्व संकलन हुने गरेको व्यवासयीहरु स्वयं बताउँछन्। ‘दैनिक लाखौको राजश्व छली हुनेगरेको देखेसुनेकै हो। वर्षभरि ५ करोडको मात्र बरामद हुनु देखाउनलाई जस्तो भयो र यसबाट पनि अझै धेरै चुहावट छ भन्ने पुष्टि हुन्छ’ उद्योग बाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाले भने ‘राजश्व बढाउन नियन्त्रण गर्ने सुरक्षालगायतका संयन्त्रहरुलाई विस्तार गर्न जरुरी छ।’

भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य लिइएको राजश्व संकलनको अंकसमेत भेट्न सकेन। त्रिनगरले ५ अर्ब २२ करोड राजश्व संकलनको लक्ष्य निर्धारण गरेकोमा ५ अर्ब १९ करोड मात्र राजश्व संकलन भएको भन्सार अधिकृत उप्रेतीले बताए।

प्रकाशित : श्रावण ४, २०७६ १०:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT