कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुकीपाटनमा चौंरीको लस्कर

शब्द/तस्बिर : हरिहरसिंह राठौर

सोमदाङ (धादिङ) — पोसिलो घाँस हुने भएकाले यतिबेला धादिङको सोमदाङ बुकीपाटनमा चौंरीको लस्कर देखिन्छ । चौंरीपालकको दिनचर्या बुकीमा चौंरी र तिनका बाच्छा स्याहार्दै बितिरहेछ । भर्खरै ब्याएका चौंरीलाई दानापानी र स्याहार अलि बढी नै चाहिन्छ । समुद्री सतहदेखि ३ हजार ७० मिटर उचाइमा छ बुकीपाटन । धादिङबेंसीबाट सोमदाङ पुग्न नुवाकोट, रसुवा स्याफ्रुबेंसी हुँदै १ सय ४२ किमि गाडी यात्रा गर्नुपर्छ ।

तिप्लिङका युवा दिनेश घले र मानबहादुर थापाले पुर्ख्यौली पेसा धानिरहेकै छन् । चौंरी चराउन खर्क लैजाने, दुहुने, दूधबाट छुर्पी, पनिर, नौनी, चिज बनाउनमै उनीहरूको दैनिकी बित्छ । मानबहादुरका ३५ चौंरीमध्ये १४ वटाले बाच्छाबाच्छी पाएका छन् । त्यस्तै दिनेशका चौंरीमध्ये हरेक वर्ष १० देखि १६ वटासम्म दुहुना टुटदैनन् । ‘मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म कमाइ हुन्छ,’ उनीहरूले सुनाए ।

तिप्लिङका किसानहरू दुग्धजन्य उत्पादन चीनको व्यापारिक केन्द्र केरुङ निकासी गर्छन् । उत्तरी धादिङको नार्चेतमा मात्रै चौंरीको दैनिक २ सय लिटर दूध उत्पादन हुन्छ । जिल्ला पशुसेवा कार्यालयले दिनेश र मानबहादुरलाई सौर्य ऊर्जाबाट छुर्पी सुकाउनेलगायत उपकरण खरिद गर्न २१ लाख अनुदान दिएको छ । ‘उपकरण भएपछि धेरै सजिलो भएको छ,’ मानबहादुरले भने ।

प्रकाशित : श्रावण १५, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्