कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

साताका ७ उत्कृष्ट तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुर डेली डटकममा वर्षापछि सडकमा सवारी चालकले पाएको सास्ती, बसन्तपुरस्थित नौतले दरबारको पुनर्निर्माणमा खटिएका कामदारको तस्बिरहरुले प्राथमिकता पाएका छन् । त्यस्तै भक्तपुरको गँठेमंगल पर्व, जग्गा प्लटिङले काठमाडौंको बुढानिलकण्ठ २ भंगालमा धाराको जग ढल्न लागेको तस्बिर पनि छापिए । जुन तस्बिरहरु पाठकले धेरै रुचाए ।

पुरानो बाटो हुँदै भक्तपुर जाने बाटोअन्तर्गत निकोसेरा खण्डमा जमेको पानीबाट जोखिमपूर्ण यात्रा गर्दै मोटरसाइकल चालक । खाल्डो यति ठूलो भइसक्यो कि साना सवारीसाधनलाई बाटो काट्न धौधौ हुन्छ । अधिकांस मोटरसाइकल चालकहरु फुटपाथ प्रयोग गर्छन् । सडक मर्मत गर्न नगरपालिका कार्यालय, सडक विभाग कार्यालय, खानेपानी विभाग तथा जनप्रतिनिधिहरुलाई पटक पटक आग्रह गरे पनि सुनुवाई नभएको स्थानीयहरु बताउँछन् । तस्बिर : अंगद ढकाल

टेकुस्थित वाग्मती नदीको पुलमुनी जमेको पानीबाट बाटो काट्दै मोटरसाइकल चालक । तस्बिर : इलिट जोशी

गँठेमंगल पर्वको अवसरमा मंगलबार भक्तपुरको दत्तात्रय परिसरमा राक्षस दहनको आगोमा बालकलाई नघाउँदै अभिभावक । बालबालिकालाई रुन्चे नलागोस् र बिरामी नहोउन् भन्ने मान्यताका साथ यसो गरिन्छ । तस्बिर : अंगद ढकाल

बसन्तपुरस्थित नौतले दरबारको पुनर्निर्माणको काममा खटिएका कामदारहरु । तस्बिर : अनिश रेग्मी

ललितपुरको सौगोलस्थित यल लायकु मि: प्वा लाखे पर्व मनाउदै स्थानिय । तस्बिर : सन्जोग मानन्धर

धादिङ गल्छीस्थित त्रिशूली नदीको झोलुङे पुल पार गर्दै युवती । तस्बिर : केशव थापा

प्रकाशित : श्रावण १८, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्