कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हेरौं तस्बिरमा बटुकका रक्षा बन्धन तयारी

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आज जनै पूर्णिमा । श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । यसै अवसरमा भागवत सन्यास आश्रम एवम् गुरुकुलमा रहेका बटुकहरुले समेत बिहीबार सामूहिक जनै लगाएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्