३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गोसाइँकुण्डमा भक्तजन थेग्ने 'थर्पु' [तस्बिरहरु]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — जनैपूर्णिमा मेलामा गोसाइँकुण्ड जाने बाटो छैउमा पाल तथा प्लास्टिकले निर्माण गरिएका टहरैटहरा देखिन्छ । यसलाई थर्पु भनिन्छ । मेला भर्न आउने भक्तजनको सुविधाका लागि वर्सेनि थर्पु बनाइन्छ । गोसाइँकुण्ड पदमार्गमा जम्मा १४ वटा स्थायी होटल छन् । होटलको संख्या थोरै भएकाले भक्तजनको चापलाई थेग्न थर्पु निर्माण गरिएको हो । भक्तजनको सुविधाका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले बर्सेनी मेला अवधिभर थर्पु निर्माण गर्न अनुमति दिने गरेको छ ।

गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । यस वर्ष पनि घट्टे खोलादेखि गोसाइकुण्डसम्म ७१ वटा थर्पु निर्माण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले अनुमति दिएको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए । अस्थायी थर्पुले भक्तजन लाभान्वित हुने गरेको थर्पु निर्माण गरेका दावा तामाङले बताए । थर्पुमा खाना र बासको सुविधा हुन्छ । बस्न गोसाइँकुण्डमा पाटीसमेत नभएको भक्तजनको गुनासो छ ।

प्रकाशित : श्रावण ३१, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्