२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदर्शनकारी र प्रहरी झडपका तस्बिरहरु

तस्बिर : अंगद ढकाल

काठमाडौँ — लोकसेवा विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । ‘आरक्षण बचाऔँ आन्दोलन’ को नाममा भृकुटीमण्डपबाट शनिबार दिउँसो निकालिएको जुलुस पुतलीसडक पुगेपछि प्रहरीसँग झडप भएको हो ।

झडपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायत आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ। आन्दोलनकारीलेदिउँसो ४ बजे लाठी जुलुस निकाल्ने कार्यक्रम थियो। तर, बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरु लाठी भृकुटीमण्डपमै खोसेपछि करिब ५ बज्नै लाग्दा विरोध र्‍याली निकालिएको थियो।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले संविधान र कानुनमा भएको आरक्षणको व्यवस्थाविपरीत लोकसेवाले विज्ञापन निकालेको भन्दै खारेजीको माग गरेका छन्।

प्रकाशित : श्रावण ३२, २०७६ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्