१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अज्ञात समूहद्वारा एनसेल टावरमा बिष्फोट

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको उत्तरपानीस्थित एनसेलको टावरमा सोमबार राति अज्ञात समुहले विष्फोट गराएको छ । 

राति करिब साढे ११ बजे टावरमा बिष्फोट गराइएको प्रहरीले जनाएको छ ।

बिष्फोटबाट त्यहॉ राखिएको बैट्रि बक्स क्षतिग्रस्त भएको छ । त्यसैगरी टावरमा जडान गरिएको सोलार प्यानलमा समेत क्षति पुगेको छ । बिष्फोट लगत्तै टावर राखिएको स्थानमा आगलागी समेत भएको थियो । धनकुटा नगरपालिका १ हिलेबाट करिब ५ किमी पूर्वदक्षिण क्षेत्रमा रहेको घटनास्थलमा राति नै नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।


घटनाबारे हालसम्म कसैले जिम्मेवारी लिएको छैन । तर नेकपा माओवादी विप्लव समूहले उक्त बिष्फोट गराएको सुरक्षा स्रोतको दावी छ । क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।


प्रकाशित : फाल्गुन १, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?