‘प्रदेश सबल र सक्षम बनाउन केन्द्रित’

कान्तिपुर संवाददाता

इटहरी — प्रदेशलाई सबै क्षेत्रमा समुन्नत बनाउन त्यहीअनुरूपको नीति ल्याउन आफू आतुर रहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । शपथग्रहणपछिको पहिलो सार्वजनिक समारोहलाई सम्बोधन गर्दै राईले प्रदेशलाई सवल र सक्षम बनाउने अभियानको प्रस्थान विन्दुमा रहेको बताए । उनले भने, ‘समृद्ध प्रदेश बनाउने योजना र नीति ल्याउने कार्यमा हामी केन्द्रित छौं र आतुर पनि छौं ।’

‘प्रदेश सबल र सक्षम बनाउन केन्द्रित’

राईले शुक्रबार इटहरीमा प्याब्सन प्रदेश १ को आयोजनामा भएको प्रथम साधारणसभाको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । उनलाई प्याब्सन प्रदेशले कार्यकाल सफलताका लागि शुभकामनासहित सम्मान समेत गर्‍यो ।


मुख्यमन्त्री राईले शिक्षा नीतिमा के कस्तो योजना बनाउँदा गरिब तथा सीमान्तकृतको पहुँचमा शिक्षा पुर्‍याउन सकिन्छ भन्ने विषयमा प्याब्सनका प्रबुद्ध वर्गले सुझाव दिनुपर्ने बताए । प्याब्सन नेतृत्वले प्रदेश सरकारलाई शैक्षिक नीतिमा आमुल परिवर्तनका नीति बनाउनसमेत ठोस सन्देश एवं सुझाव दिन पनि आग्रह गरे ।


मुख्यमन्त्री राईले देश द्वन्द्वको अवस्थामा पनि धेरै क्षति नोक्सानी र पीडा व्यहोरेर पनि शिक्षालाई जोगाउने कार्यमा नीति क्षेत्रले पुर्‍याएको योगदान नेपालको इतिहासमा अविस्मरणीय एवम उच्च मूल्यांकन गर्ने जरुरी रहेको कुरामा जोड दिँदै उनले प्याब्सनले खेलेको भूमिकालाई राज्यले नकार्न नमिल्नेतर्फ आफू सचेत रहेको पनि स्पष्ट पारे ।


नारायण घिमिरेको अध्यक्षतामा भएको प्याब्सन प्रदेश १ साधारणसभा समारोहमा सामाजिक विकास तथा मामिलामन्त्री जीवन घिमिरे, प्याब्सन केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे, सल्लाहकारहरू दिलकुमार बन, टीकाराम पुरी लगायतले प्याप्सनले भोग्नुपरेका शैक्षिक कठिनाइका विषमया बालेका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?