सेउती पुलले केराबारी र याङ्शीलालाई सहज   

कान्तिपुर संवाददाता

धरान — धरान–१५ स्थित सेउतीमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मोरङ उत्तरी क्षेत्रको केराबारी जोड्ने सेउतीमा ०७२ फागुनमा निर्माण सुरु भएको पुल फागुन १६ मा हस्तान्तरण गरिँदैछ । 

सेउती पुलले केराबारी र याङ्शीलालाई सहज   

४ करोड ४२ लाख ४९ हजार ६ सयमा निर्माण भएको पुलको १ सय ९ मिटर लामो र ७ मिटर चौडा छ । यहाँ पुल नहुदा धरान उपमहानगर भित्रैको पानबारी क्षेत्रका बासिन्दा बर्षायाममा सम्बन्ध विच्छेद भएर बस्ने गरेका थिए । पुल निर्माणले साविकका केराबारी, याङशिला र लेटाङ गाउँ धरान उपमहानगरसँग जोडिएका छन् ।


पुल नहुँदा बर्खामा सेउती खोलाको बाढीले आवात जावतमा समस्या हुदै आएको थियो । केराबारी याङशिला क्षेत्रमा बर्खामा यातायात अवरुद्ध हुदाँ बिरामीलाई समयमा धरानका अस्पताल पुर्‍याउन नसकेर अकालमा ज्यान समेत जाने गरेको थियो । मोरङको केराबारी, याङ्शीला, डांगी र धरान ६ पानबारी धरान नजिक भएपनि पुल अभावले टाढा बनेका थिए । उनीहरुलाई धरान आउजाउ गर्न सेहरा र सेउती खोला बाधक थियो । सेहरा खोलामा दुई वर्षअघि स्थानीयले डेढ करोड रुपैंया जुटाएर पुल निर्माण गरेका छन् ।


पुल सञ्चालनले पाँचकन्या, याङशीला र केराबारी क्षेत्रका कृषिजन्य उत्पादन धरानमा ल्याएर बिक्रि गर्न सहज हुने पानबारीमा स्थानीय अम्विका धमलाले बताए । ‘पुल नहँुदा खोलाले कैयांैपटक धरानमा बेच्न लगेको दुध बगाएको थियो, अब खोला तर्ने समस्या हट्यो,’ उनले भने, ‘यहाँ उत्पादन भएका फलफूल र तरकारी सहजै धरान बजार पुर्‍याउन सकिने भयो ।’

प्रकाशित : फाल्गुन ५, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?