१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पेस्तोलसहित २ जना पक्राउ

कान्तिपुर संवाददाता

इटहरी — इटहरी-५ जनता बस्तीबाट शनिबार साँझ पेस्तोल र एक थान गोलीसहित यमबहादुर लिम्बू र रोहन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । टेम्पो स्टेण्डमा पेस्तोल लिई स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पेस्तोलसहित २ जना पक्राउ

निजहरूले यसअघि पनि विभिन्न स्थानमा हतियार देखाई स्थानीय बासिन्दाहरुलाई त्रसित गराउनले गरेका थिए । पक्राऊ परेका दुवैजना विरुद्ध हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दर्ता गरिने डिएसपी सञ्जय राउतले बताए । उनका अनुसार माघ २१ गते इटहरीको खनारबाट २ थान गोली र घरेलु हतियार कटुवा पेस्तोलसहित पक्राउ परेका झापाका रत्नबहादुर तामाङलाई गरी हाताहतियार तथा खरखजना मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?