कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘जोगबनी किमाथाङका नाका चाँड’ै

विनोद भण्डारी

काठमाडौँ — विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जोगबनी रानी मार्गलाई चिनको किमाथाङका नाकामा जोडेर प्रदेशलाई ४ मुलुकको ट्रान्जिट प्वाइन्ट बनाउने बताएका छन् । 

‘जोगबनी किमाथाङका नाका चाँड’ै

उद्योग संगठन र मोरङ व्यापार संघले आइतबार संयुक्त रुपमा गरेको सम्मान कार्यक्रममा राईले जोगबनी रानीदेखि किमाथाङकासम्मको सडक निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाएर प्रदेशलाई चीन, भारत, भुटान र बंगलादेशको ट्रान्जिट प्वाइन्ट बनाउने बताएका हुन् । जोगबनीदेखि चीनको किमाथाङकासम्म ३ सय ६२ किमि मार्ग छ । त्यसमध्ये संखुवासभाको ढुंगेगोतादेखि किमाथाङकासम्मको ४९ किमि ट्रयाक खोल्न बाँकी छ । ‘दक्षिणतर्फको सम्बन्ध सदियौंदेखि छँदै छ । मुख्यमन्त्री राईले भने, ‘अब जोगबनी–रानी सडकलाई किमाथाङका नाकासँग जोडेर चीनसँग सम्बन्ध बढाएर प्रदेशलाई ४ मुलुकको केन्द्र बनाइनेछ ।’

प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणमा जोगबनी रानी मार्गलाई किमाथाङका नाकामा जोडने सम्झौता भइसकेको उल्लेख गर्दै राईले भने, ‘अब निर्माण कार्य द्रुत बनाएर पाएर जोगबनी–रानी सडक सञ्जाल किमाथाङकामा चाँडै जोडिनेछ ।’ प्रदेशको आर्थिक विकास, समृद्धि, सुशासन, शान्ति सुरक्षा, स्वास्थ्य र शिक्षा जनआकांक्षा भएको उल्लेख गर्दै राईले भने यसलाई प्रदेश सरकारले पहिलो प्राथामिकता दिनेछ ।

उद्योग, व्यापार, कृषि, पर्यटन, जलस्रोत र प्राकृतिक स्रोतलाई जग मानेर आर्थिक विकास र समृद्धिको गन्तब्यमा प्रदेश सरकार अघि बढने उल्लेख गर्दै मुख्यमन्त्री राईले यस गन्तब्यमा पुग्न प्रदेश सरकार र निजी क्षेवीच सहकार्य हुन अनिवार्य रहेको बताए । राजनीतिक क्रान्तिको अध्याय सकियो । अब आर्थिक क्रान्तिको पालो आएको छ ।

यो प्रदेश आफैंमा स्रोत र साधनले भरिपूर्ण रहेको उल्लेख गर्दै उनले यसको सदुपयोग हुन नसक्दा पछि परेको हो । स्रोत र साधनको अधिकतम सदुपयोग गरेर प्रदेशलाई मुलुककै नमुना र आर्थिक सम्पन्न प्रदेश वनाउने आफनो पहिलो प्राथामिता रहेको राईले वताए ।

आवश्यकता हेरेर प्रदेश १ मा ६, ४ र २ लेनका सडक निर्माण गरी वडा र गाउँ तहका जनतालाई सडक सञ्जालले जोडने मुख्यमन्त्री राईको योजना छ । हाल निर्माण भइरहेका सडक सञ्जाल तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिई सकिएको उल्लेख गर्दै प्रदेशको राजधानी तथा एकमात्र महानगरपालिको अस्तव्यास्त चाँडा समाधान गर्न महानगरपालिकालाई सुझाव दिई सकेको राईले वताए वताए । उनका अनुसार राजधानी र महानगर अस्तव्यस्त हुनु हुदैन ।

प्रदेश १ मा सडक सुशासन व्यवस्था चाँडै लागू गरेर चोरी, डकैती, लुटपाट र सवारी दूर्घटनाको न्यूनीकरण गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा परिणत गरी प्रदेशका सवै जिल्लालाई हवाइ मार्गले जोडन प्रदेश सरकारको योजना रहेको राईले वताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशको सुरक्षाको प्रात्याभूति र भ्रष्टाचार नियन्त्रणमा आफु कसैसँग सम्झौता नगर्ने उल्लेख गर्दै जनआकांक्षाअनुसार प्रदेश सरकारले काम गर्ने आश्वासन दिए । उनले विराटनगरवाट ४ जना प्रधानमन्त्री हुँदा पनि नगरको विकास हुन नसकेको बताउदै प्रदेश सरकारले विराटनगरको मुहार फेर्ने दाबी गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले निजी क्षेत्रसँग सहकार्य गरी प्रदेशका सबै स्रोत परिचालन गरी प्रदेशलाई मुलुककै सम्पन्न प्रदेश बनाउने आफ्नो योजना रहेको बताए । यसरी अगाडि बढ्दा यो प्रदेश प्रदेशमा मात्र सीमित रहँदैन । उनले भने प्रदेश १ ले राष्ट्रिय अर्थतन्त्रमा पनि सहयोग पुर्‍याउन सक्छ । उनका अनुसार प्रदेशमा चाँडै औधोगिक क्षेत्रको स्थापना गरेर प्रदेश सरकारले करका दायरालाई व्यापक वनाएर संभावनाको खोजीगर्ने छ ।

कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योगमन्त्री जगदीश कुसियतले आ–आफना मन्त्रालयका भावी योजना प्रस्तुत गरेका थिए । यसअघि उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्याय र मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले सरकारले निजी क्षेत्रकालागि लगानीको ढोका खुला गरी विदेशी लगानीको सुरक्षा गरे रोजगारीकालागि विदेशीने युवायुवतीलाई निजी क्षेत्रले रोजगारी दिएर रोक्ने दावी गरेका थिए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?