कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पोस्टमार्टम र एक्सरे सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — दमक अस्पतालले शनिबारदेखि पोस्टमार्टम र भिडियो एक्सरे सेवा सुरु गरेको छ । जिल्ला अस्पतालको मान्यता पाएको करिब दुई वर्षमा अस्पतालले नि:शुल्क पोस्टमार्टम सेवा सुरु गरेको हो । 

योसँगै जिल्लामा पोस्टमार्टमको सेवा दिने अस्पतालको संख्या दुई पुगेको छ । यसअघि मेची अञ्चल अस्पतालले पोस्टमार्टम गर्दै आएको थियो । सेवाबाट दक्षिण–पश्चिम इलाम र पश्चिम झापाका जनता लाभान्वित हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विपीन पाण्डेले बताए । दुवै सेवाको शनिबार बिहान नगरपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीले संयुक्त रूपमा उद्घाटन गरे । अस्पताललाई आधुनिक एक्सरे मेसिन शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्चायोग (यूएनएचसीआर) ले उपलब्ध गराएको हो । एक्सरे मेसिन, जेनेटेर, विद्युत् ट्रान्सफर्मरलगायत गरी ८१ लाख ३५ हजार ५ सय ५० रुपैयाँको उपकरण यूएनएचसीआरले नि:शुल्क उपलब्ध गराएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष जीवन सिवाकोटीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ७, २०७४ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?